झापा –आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा काँकरभिट्टाबाट १६ अर्ब दुई करोड पाँच लाख रुपैयाँ मूल्यबराबरका सामान आयात भएका छन्। मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार गत आवको सोही अवधिमा १४ अर्ब २८ करोड ८७ रुपैयाँ लाखबराबरको वस्तु तथा सामान आयात भएका थिए।
गत आवको तुलनामा चालु आवको पहिलो चौमासिकमा यो नाकाबाट निर्यात भने घटेको छ। यो अवधिमा सात अर्ब ९६ करोड सात लाख रुपैयाँ बराबरका सामग्री निर्यात भएका छन्। गत आवको सोही अवधिमा आठ अर्ब ३० करोड २७ लाख रुपैयाँका वस्तु निर्यात भएका थिए।
काँकरभिट्टाबाट अलैँची, चिया, प्लाइउड, भेनिउर सिट, छुर्पी, अम्रिसो, अदुवा, सुठो, मुसुरो, फलामे पातालगायत निर्यात हुने गरेका छन्। उक्त कार्यालयले आव २०८२/८३ को पहिलो चार महिनामा आयात निर्यातबाट पाँच अर्ब ४६ करोड एक लाख ९८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ।



About Us
प्रतिक्रिया