काठमाडाैं – दोस्रो ज्योलुकास एक्सचेन्ज धरान हेल्पिङ ह्याण्ड्स फुटबल प्रतियोगिता–२०२५ को उपाधि अबुधाबीस्थित नखिल गोर्खा फुटबल क्लबले हात पारेको छ। धरान हेल्पिङ ह्याण्ड्स तथा धरान युनाइटेड क्लब यूएईको संयुक्त आयोजना, यूएई नेपाली फुटबल संघको संयोजन र ज्योलुकास एक्सचेन्ज यूएईको मुख्य प्रायोजनमा दुबईको डुल्स्को एरेनामा सम्पन्न फाइनल खेलमा नखिल गोर्खाले ग्रीन सिटी इलामलाई २–० गोलले पराजित गर्दै प्रतिष्ठित उपाधि हात पारेको हो।

यूएईमा रहेका नेपाली समुदायबीच सबैभन्दा ठूलो पुरस्कार राशीको रूपमा परिचित यस प्रतियोगितामा विजेता नखिल गोर्खाले ८,४११ दिराम पुरस्कार प्राप्त गर्यो भने उप–विजेता ग्रीन सिटी इलामले ४,४११ दिराम प्राप्त गर्यो। त्यस्तै, धरान युनाइटेड एफसीले फेयर–प्ले अवार्ड हात पार्न सफल भयो।
फाइनल खेलपछि आयोजित पुरस्कार वितरण समारोहमा विजेता तथा उप–विजेता टोलीलाई पुरस्कार तथा ट्रफी वितरण गरिएको थियो। प्रमुख तथा विशिष्ट अतिथिलाई मायाको चिनो कार्यक्रम संयोजक स्विकार राई र धरान युनाइटेड क्लब यूएईका अध्यक्ष ईश्वर श्रेष्ठले संयुक्त रूपमा प्रदान गरेका थिए।

कार्यक्रमको विशेष आकर्षणका रूपमा यूएईमा नेपाली फुटबलको विकासमा योगदान पुर्याउँदै आएका १२ जना व्यक्तित्वलाई विशेष सम्मान प्रदान गरिएको थियो। सम्मानित हुनेहरूमा अनिल शेर्पा, मुक्ति गुरुङ, कूल लेप्चा, राजु तमाङ, सुरज बिक, सुमन लिम्बु, स्विकार राई, मानधोज आले, खेमनसिंह गुरुङ, गुप्त शेखर पौडेल, अजय मगर तथा डुर्गा बहादुर थापा रहेका थिए।
व्यक्तिगत विधातर्फ ग्रीन सिटी इलामले उत्कृष्ट प्रदर्शन गर्दै उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट स्ट्राइकरका उपाधि जितेको थियो। साथै, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट म्यानेजर र उत्कृष्ट डिफेन्डरका उपाधि पनि सम्बन्धित उत्कृष्ट खेलाडीहरूले प्राप्त गरे।

कार्यक्रमका प्रमुख अतिथि ज्योलुकास एक्सचेन्जका महाप्रबन्धक मरिस कर्ण थिए। विशिष्ट अतिथिहरूमा कृष्णप्रसाद चापागाई, उपमहावाणिज्यदूत, नेपाली महावाणिज्यदूतावास, सुजन सापकोटा – आसिसी सदस्य, NRNA, निराजन सिलवाल, युवा संयोजक, NRNA मध्य–पूर्व, लक्ष्मण खनाल, अध्यक्ष, नेपाली जन प्रगतिशील मञ्च यूएई, राम मोक्तान, अध्यक्ष, नेपाली समाज यूएई, नवराज श्रेष्ठ, महासचिव, NRNA UAE, एम.डी. बोहोरा, अध्यक्ष, INAS UAE, अनिल शेर्पा, अध्यक्ष, UNFA, राजु गुरुङ, वरिष्ठ उपाध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ, यूएई, गोपाल श्रेष्ठ, कार्यबाहक अध्यक्ष, आदिवासी जनजाति युवा महासंघ, यूएई, सुमन भण्डारी, सचिव, NRNA UAE, कुमार श्रेष्ठ, महासचिव, नेपाल एसोसियसन, शोम तामाङ, संस्थापक, धरान हेल्पिङ ह्याण्ड्स, कूल लेप्चा, संस्थापक, UNFA, लोक बहादुर श्रेष्ठ, सचिव, नेपाल एसोसिहरुको सहभागिता थियो।

यूएईस्थित विभिन्न नेपाली व्यवसायिक प्रतिष्ठानहरूको सहयोगमा सम्पन्न यो प्रतियोगिता आगामी वर्ष पनि निरन्तरता दिने आयोजक समितिले जनाएको छ। आयोजकका अनुसार, यस प्रतियोगिताले यूएईमा नेपाली खेलकुद, विशेषगरी फुटबल क्षेत्रमा प्रतिभा पहिचान, समुदायिक एकता तथा खेलकुद–उत्साह वृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको छ।



About Us
प्रतिक्रिया