जेनजी आन्दोलनमा लुटिएका प्रहरीका स्वचालित हतियारको अवैध कारोबार, लाखौँ मोलमोलाइ

एउटै हतियार ५ पटक बिक्री, ६५ हजारबाट पुग्यो १ लाख मूल्य


काठमाडौं – गत कात्तिकमा जेनजी आन्दोलनमा प्रहरीको स्वचालित पेस्तोल लुटपाट गरी एकपछि अर्कोलाई बिक्री गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ परेकामध्ये दुई जनाले जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालय नै तोडफोड गर्दै पेस्तोल लुटपाट गरेका थिए।

प्रहरीका अनुसार धादिङको धुनिवेशी गाउँपालिका घर भई हाल काठमाडौं महानगरपालिका–१५, स्वयम्भूको ट्राफिक बिट नजिकै रहेको चरा पसलमा काम गर्ने  २१ वर्षे कृष्ण गुरुङले पेस्तोल लुटेका थिए। प्रहरीले गुरुङलाई पक्राउ गरी सोधपुछ गर्दा गुरुङ र काठमाडौं महानगरपालिका–१५ भगवान पाउको जर्मन क्वार्टरका बासिन्दा २५ वर्षे राजन देउला पनि लुटपाटमा संलग्न भएको खुल्न आएको थियो।

त्यसपश्चात् प्रहरीले देउलालाई पनि पक्राउ गर्‍यो । तर, प्रहरीले देउलासँग पनि पेस्तोल फेला परेन। त्यसपछि उनलाई सोधपुछ गर्दा भारतको मोतिहारी सितामणि घर भई हाल काठमाडौं–१५ ट्राफिक कार्यालय नजिक डेरामा बस्दै आएका २४ वर्षे अकबर खानलाई उक्त पेस्तोल बिक्री गरेको खुल्न आयो।

त्यसपछि प्रहरीले खानलाई पक्राउ गर्‍यो। तर, पक्राउ परेका खानको साथमा पनि उक्त पेस्तोल प्रहरीले फेला परेन। खानले प्रहरीसँगको बयानमा पेस्तोल र १५ थान गोली बिक्री गर्न अर्कै व्यक्तिलाई दिएको बयान दिए। प्रहरीले सोधपुछ गर्दा अकबरले काठमाडौं– १५ का २६ वर्षीय सुमिन शाक्यलाई ६० हजारमा बेचेको बयान दिए। सुमिन पनि समातिए। तर, उनले पनि पेस्तोल अर्को व्यक्तिलाई बेचेको बयान दिए।

सुमिनले प्रहरीसँगको बयानमा नयाँ बानेश्वर निवासी कपडा व्यापारी प्रभात मल्ललाई एक लाख रुपैयाँमा बिक्री गरेको बताए। क्षेत्रपाटीमा कपडा पसल चलाउँदै आएका प्रभातबारे जानकारी पाएपछि प्रहरी त्यहीँ पुगेर छापा हान्यो। त्यहाँ पुगेपछि बल्ल पसलको चेन्जिङ रूममा पेस्तोल र गोली दुवै भेटियो। उनीहरूले एक अर्कोलाई गर्दै उक्त पेस्तोल ६५ हजारबाट १ लाख सम्म रकममा खरिद बिक्री गरेका थिए।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा अधिकांश प्रहरी कार्यालयहरू तोडफोड भएका थिए। सोही क्रममा प्रहरीको ११ हजार भन्दा बढी हात हतियारहरू लुटियो। जेनजी आन्दोलनका क्रममा गत महिनामा सुरक्षाकर्मीमाथि भएको आक्रमणपछि हराएका स्वचालित हतियारहरू अवैध रूपमा किनबेच भइरहेको घटनाहरू बाहिरिएका छन्। उक्त आन्दोलनमा अराजक समूहले जेनजी आन्दोलनका क्रममा ११ सय भन्दा बढी लुटिएका थिए।

प्रहरीले जेनजी आन्दोलनको समयमा फोटोहरू भिडियोहरू सर्वसाधारणसँग माग्दै र खोजी गर्दै हातहतियार प्रयोग गर्ने व्यक्तिहरूलाई धमाधम पक्राउ गरिरहेको छ।

त्यसदिन प्रहरीको हतियार लुटेर प्रहरीमाथि नै पेस्तोल राखी प्रहरीको कार्यालयमा भएका अरू हतियारहरू पनि लुटेका थिए। जुन हतियारहरू अहिले बिक्रीमा राखेका छन्। साथै, त्यस दिनमा लुटपाट भएको हतियारहरू पछिल्ला दिनहरूमा प्रहरीहरू बरामद गर्दै आइरहेको छ। प्रहरीले जेनजी आन्दोलनको समयमा फोटोहरू भिडियोहरू सर्वसाधारणसँग माग्दै र खोजी गर्दै हातहतियार प्रयोग गर्ने व्यक्तिहरूलाई धमाधम पक्राउ गरिरहेको छ।

प्रहरीका अनुसार तोडफोड तथा नियन्त्रणहीन अवस्थाका कारण स्वचालित र अर्ध–स्वचालित दुवै प्रकारका हतियार, पिस्तोल, बन्दुक, राइफल, कारतूस तथा अन्य सुरक्षासम्बन्धी सामग्रीसमेत आन्दोलनकारी वा अराजक समूहको हातमा परेको थियो। यद्यपि, पछिल्ला दिनहरूमा विभिन्न प्रहरी कार्यालयहरूले सुरु गरेका विशेष खोज तथा अनुसन्धान अभियानले केही सफलता देखाउन थालेको छ। जेनजी आन्दोलनका क्रममा हतियार लुटपाट गर्नेहरूलाई कानुनबमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ। 

प्रहरीले ०७८ सालबाट नै लगातार रूपमा हातहतियार खरिदका लागि सरकारसँग बजेट माग गर्दै आइरहेको थियो। ०८१ चैत १५ गते भएको राजावादी प्रदर्शनमा प्रहरीले एसएलआर र इन्सासबाट ८१ राउन्ड गोली चलाएको थियो। जस कारण प्रहरीको साथमा भएको हतियारमा कमी भएको थियो। पूर्व अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ मा प्रस्तुत गरेको बजेटमा ‘प्रहरीका लागि हतियार तथा सुरक्षा उपकरण खरिद गर्न’ भनेर ९२ करोड विनियोजन गरिएको छ। बजेट विनियोजन भएसँगै प्रहरीले आवश्यक हतियारको सूची तयार गरेको थियो।

बजेटमा हातहतियार किन्नका लागि सरकारले रकम छुटाएपछि प्रहरीले एमएम पेस्तोल (१ हजार थान), पेस्तोलको गोली (१० हजार थान), बाह्रबोर सट गन (१ हजार थान), रबर बुलेट (२५ सय राउन्ड), टियर ग्याँस सेल (२२ सय राउन्ड) र सटगन कार्जिज (१८ सय) बिन खरिद गर्न लागेको थियो। तर, अहिले भने हतियार खरिदको लागि कुनै योजना नभएको प्रहरी स्रोतले जनाएको छ।

यस क्रममा चार वर्षदेखि हतियार किन्न दौडधुप भइरहेको अवस्थामा नै प्रहरीका हतियार लुटेर बिक्री गरेको घटना बाहिरिएको हो। प्रहरीका अनुसार आन्दोलनका क्रममा अराजक समूहले १५ सय हतियार लुटेका थिए। जसमध्ये केही हातहतियार लुटेर लगेको तस्बिर, भिडिओ सामाजिक सञ्जालमा समेत देखिएको थियो। प्रहरीका साथबाट लुटिएको हतियार नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त अपरेसनपछि १ हजार भन्दा बढी हतियारहरू भेटिइसकेका छन्।

सुमिनले प्रहरीसँगको बयानमा नयाँ बानेश्वर निवासी कपडा व्यापारी प्रभात मल्ललाई एक लाख रुपैयाँमा बिक्री गरेको बताए।

बाँकी हतियारहरू पनि दिनानुदिन दिन प्रहरीहरूले बरामद गरिरहे पनि सबै फिर्ता भइसकेका छैनन्।बरामद हुन बाँकी प्रहरीका स्वचालित हतियारमध्ये केही हतियारको भूमिगत रूपमा खरिद–बिक्रीमा संलग्न हुन थालेका घटनाहरू बाहिरिइरहेका छन्। यसरी लुटिएका हतियार खरिद–बिक्रीमा हुन थालेकाले गर्दा सुरक्षा चुनौती गम्भीर रूपमा असर पर्ने सरोकारवालाहरू बताउँछन्।