४३ जनासँग तीन करोड ८२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा विस म्यानपावरको इजाजतपत्र खारेज

४३ जनासँग तीन करोड ८२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा विस म्यानपावरको इजाजतपत्र खारेज


बैकिङ्ग समाचार,काठमाडौं ।

वैदशिक रोजगार विभागले ४३ जनासँग तीन करोड ८२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा विस एचआर सोलुसन (१४२५) म्यानपावरको इजाजतपत्र खारेज गरिदिएको छ ।

यो म्यानपावरले श्रमिकहरूलाई जापान, अमेरिका, पोल्याण्ड, क्रोएसिया, कतारलगायत विभिन्न मुलुकमा वैदेशिक रोजगारीमा पठाइदिन्छु भनि रकम लिएर रोजगारीमा नपठाएको उजुरी विभागमा परेको थियो । 

कम्पनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणमा मंगलबार मुद्दा दायर गरेको हो । विभागले विस म्यानपावरका सञ्चालक तुलसीप्रसाद श्रेष्ठ, लालबहादुर पुलामी, अमृत श्रेष्ठ तथा कर्मचारी रमेश कोइरालाविरुद्ध मुद्दा दायर गरेको छ । 

विभागका निर्देशक कविराज उप्रेतीका अनुसार उक्त म्यानपावरले पोल्यान्ड, क्रोएसिया, जापान, कतार तथा अमेरिकासमेतका देशमा वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ४३ जनासँग ३ करोड ८२ लाख रुपैयाँ उठाएको थियो । रकम उठाउन नसकेपछि म्यानपावरले उनीहरूलाई वैदेशिक रोजगारमा नपठाएको खुलेको छ ।

विभागले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४४ बमोजिम त्यस रकमको हर्जाना, बिगो र सोको ५० प्रतिशतले हुन दिलाइ÷भराइ पाउनुपर्ने मागदाबी लिई न्यायाधिकरणसमक्ष अभियोगपत्र दायर गरिएको हो ।