सरकारको खातामा ३ खर्ब ६१ अर्ब ८१ करोड रुपैयाँ नगद मौज्दात


काठमाडौं – चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनसम्म सरकारको खातामा ३ खर्ब ६१ अर्ब ८१ करोड रुपैयाँ बराबर नगद मौज्दात रहेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार राष्ट्र बैंकमा रहेको नेपाल सरकारका विभिन्न खातामा उक्त परिमाण बराबर रकम मौज्दात रहेको हो।

२०८३ असार मसान्तमा यस्तो मौज्दात २ खर्ब ७७ अर्ब ४६ करोड रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा प्रदेश सरकारहरूको कुल खर्च १ करोड ४० लाख रुपैयाँ र स्रोत परिचालन ६ अर्ब ५५ करोड रुपैयाँ रहेको छ।

प्रदेश सरकारहरुको कुल स्रोत परिचालन मध्ये संघीय सरकारबाट प्राप्त वित्तीय हस्तान्तरण (राजस्व बाँडफाँट समेत) गरी ३ अर्ब ८३ करोड रुपैयाँ रहेको छ र प्रदेश सरकारको आन्तरिक स्रोतबाट प्राप्त राजस्व र अन्य प्राप्ति ॠगरी १ अर्ब ९५ करोड रुपैयाँ रहेको छ।