इसेवाका नवनियुक्त सीईओ शर्माले सम्हाले पदभार


काठमाडौं – इसेवाका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) नीरज शर्माले पदभार सम्हालेका छन् । इसेवाकाे भदौ ३० गते बसेकाे सञ्चालक समितिको बैठकले आजदेखि लागु हुने गरी शर्मालाई सीईओ नियुक्त गरेको थियो । 

इसेवाले नवीन सोच, नयाँ दृष्टिकोण र रणनीतिक नेतृत्वले यात्रामा नयाँ ऊर्जा, नवप्रवर्तन र विकासलाई थप गति दिने विश्वास व्यक्त गरेको छ । 

बैंकिङ्ग तथा डिजिटल वित्तीय सेवाको क्षेत्रमा लामो अनुभव हासिल गरेका छन् । उनले बैंकिङ्ग तथा वित्तीय क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभव हासिल गरेका छन् ।