काठमाडौं – सर्वोत्तम सिमेन्ट लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको कात्तिक २८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पुँजीको २० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा छ। जसमध्ये ५ प्रतिशत बोनस शेयर रहेको र १५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित)रहेको छ। सो लाभांश आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात् वितरण गरिने कम्पनीले जनाएको छ।



About Us
प्रतिक्रिया