बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकमा कार्यरत कर्मचारी मध्ये अधिकांश मास्टर्स डिग्री पढेका पाईएको छ ।
राष्ट्र बैंकले हालै गरेको मानव ससांधन व्यवस्थापन प्रतिवेदले राष्ट्र बैंकमा कार्यरत कर्मचारी मध्ये ६०.८ प्रतिशतको शैक्षिक योग्यता मास्टर्स रहेको देखिएको हो । त्यस्तै,पीएचडी गरेका १.४ प्रतिशत एमफिल गरेका १.४ प्रतिशत, सीए गरेका ५.३ प्रतिशत, ब्याचलर्स गरेका १८.६ प्रतिशत, प्लस टु गरेका ६.७ प्रतिशत र एसएलसी वा सो भन्दा तलको तहसम्म अध्ययन गरेका ५.८ प्रतिशत रहेका छन् ।
उक्त प्रतिवेदन अनुसार राष्ट्र बैंकमा ९९९ जना कर्मचारी कार्यरत छन् । जस मध्ये राष्ट्र बैंकमा पीएचडी गरेका १४ जना कर्मचारी रहेको देखिएको छ । त्यस्तै एमफिल गरेका १४ कर्मचारी छन् भने मास्टर्स गरेका ६ सय ७ जना कर्मचारी रहेका छन् ।
त्यस्तै सीए गरेका कर्मचारीको संख्या ५३ रहेको छ । त्यस्तै ब्याचलर्स तहसम्म अध्ययन गरेका कर्मचारीको संख्या १८६ जना रहेको छ । प्लस टु सम्म अध्ययन गरेका कर्मचारीको संख्या ६७ जना रहेको छ भने एस एल सी वा सोभन्दा तलको शैक्षिक योग्यता हुने कर्मचारीको संख्या ५८ जना रहेको छ ।





About Us
प्रतिक्रिया