काठमाडौं – सरकारले स्टार्टअप उद्यम कर्जाको लागि परियोजना प्रस्ताव गर्न आह्वान गरेको छ । बुधबार एक सूचना जारी गर्दै औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि बमोजिम कर्जा लिन इच्छुक योग्य उद्यमीबाट आवेदन आह्वान गरेको हो ।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले सूचना निकाल्दै स्टार्टअप उद्यम कर्जा लिन चाहनेहरूलाई २१ दिनभित्र दरखास्त दिन आह्वान गरेकाे छ । स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८२ (पहिलो संसोधन सहित) बमोजिम स्टार्टअप उद्यमको दफा ४ अनुसार योग्यता पुरा गरेका अनुसूची – १ बमोजिमको क्षेत्रमा नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका स्टार्टअप उद्यम कर्जा लिन इच्छुक उद्यमीले सूचना प्रकाशित भएको मितिले एक्काइस दिनभित्र अनुसूची–४ बमोजिमको ढाँचामा परियोजना प्रस्ताव पेश गर्न सूचनामा भनिएको छ ।
परियोजना प्रस्ताव तोकिएको ढाँचामा तयार अनलाइनमार्फत् आवेदन दिन सकिनेछ । अनलाइन मार्फत https://sams.iedi.gov.np बाट पनि भर्न सकिनेछ । परियोजना प्रस्तावको ढाँचा तथा विस्तृत जानकारी प्रतिष्ठानको वेबसाइटत ttps://iedi.gov.np मा उपलब्ध छ।
संशोधित कार्यविधिअनुसार चालु आर्थिक वर्षमा स्टार्टअप कर्जाबापत एक स्टार्टअप उद्यमीले अधिकतम् २० लाख रुपैयाँसम्म कर्जा पाउनेछन् । यसअघि सरकारले तीन प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्मको स्टार्टअप कर्जा दिँदै आएको थियो । चालु आर्थिक वर्षका लागि स्वीकृत कार्यविधिअनुसार अधिकतम् सीमा २५ लाखबाट २० लाख कायम पनि ब्याजदर भने ३ प्रतिशत नै रहनेछ ।




About Us
प्रतिक्रिया