बरामद गरिएको सुन ब्रेक शुबाट निकाल्दा ६० किलो ७८९ ग्राममात्रै तौल

बरामद गरिएको सुन ब्रेक शुबाट निकाल्दा ६० किलो ७८९ ग्राममात्रै तौल


बैकिङ्ग समाचार,काठमाडौं  । 

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु भित्रको सुन निकालेर जोखेको छ।

टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार ब्रेक शुबाट सुन छुट्टयाएर जोख्दा ६० किलो ७८९ ग्राम भएको हो ।

साउन ३ गते हङकङबाट ब्रेक शुमा लुकाएर ल्याइएको सुन राजश्व अनुसन्धान विभागको टोलीले भन्सार पास भइसकेपछि सिनामंगलबाट पक्राउ गरेको थियो । 

सीआईबी, राजस्व, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा आज सुन जोखिएको हो ।

राजश्व अनुसन्धान विभागले बरामद गरेको १ क्विन्टल परिमाणको भनिएको सुन ब्रेक शुबाट निकाल्दा ६० किलो ७८९ ग्राममात्रै भएको पुष्टि भएको छ । 
महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार सुन गालेर जोख्दा तौल थप घट्ने छ।

सुरुमा यो प्रकरणमा राजश्वले नै अनुसन्धान गरेपनि पछिल्लो समय केन्द्रीय अनुसन्धान ब्युरोलाई जिम्मा दिइएको छ ।