कहाँ कहाँ प्रक्राउ परे सिटिजन बैंकका कर्मचारी ? 

कहाँ कहाँ प्रक्राउ परे सिटिजन बैंकका कर्मचारी ? 


बैकिङ्ग समाचार,काठमाडौं ।

नकल्ली शैक्षिक प्रमाणपत्रमा सिटिजन बैंकका ६ जना कर्मचारी पक्राउ परेका छन्  ।

प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सिटिजन्स बैंकमा सेवा प्रवेश गरेका ६ जना कर्मचारीलाई सोमबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी कुमोद ढुंगेलले बताएका छन् ।

पक्राउ पर्नेहरूमा बैंकको बुटलवस्थित ड्राइभरटोल ब्रान्चमा कार्यरत मनीषा मास्के, मनिग्राम ब्रान्चमा कार्यरत गोमा ज्ञवाली, कालिकानगर ब्रान्चमा कार्यरत कल्पना खत्री, सोही ब्रान्चमा कार्यरत प्रतीक्षा रेग्मी, बुटवल ब्रान्चमा कार्यरत खिमानन्द गौतम र दीपक विष्ट रहेका छन् ।

उनीहरूलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले पक्राउ गरेको परिसरका प्रवक्ता एसपी ढुंगेलले जानकारी दिएका छन् ।