बरामद गरेको सुनको गुणस्तर छुट्याउदै टक्सार महाशाखा, मंगलबारसम्म काम सकिने

बरामद गरेको सुनको गुणस्तर छुट्याउदै टक्सार महाशाखा, मंगलबारसम्म काम सकिने


बैकिङ्ग समाचार,काठमाडौं । 

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले आजदेखि सुनको गुणस्तर छुट्याउने प्रक्रिया सुरु गरेको छ ।

महाशाखाका प्रमुख थानेश्वर आचार्यले आजेदेखि सुन छुट्याउने काम सुरु गरिएकोे जानकारी दिएका छन् ।  उनका अनुसार सुन छुट्याउने काम भोलिसम्म सकिने छ । 

सुन छुट्याइसकेपछि एक दिन सुन गाल्न समय लाग्ने र त्यसपछि आर्थिक परीक्षणको काम सुरु गरिने उनको भनाइ छ । 

उनले सबै सरोकारवाला प्रतिनिधिको रोहबरमा सुन गाल्ने प्रक्रिया सुरु भएको जानकारी दिए । राजश्व अनुसन्धान विभागले यही साउन ३ गते सिनामङ्गलस्थित भन्सार कार्यालयबाट बाहिरिएको सुनसहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । बरामद गरिएको सुनसहितको ब्रेक शु टक्सार महाशाखामा राखिएको थियो ।

सुन बरामद भएको १९ दिनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा सुन प्रकरणको अनुसन्धानको जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीलाई दिइएको थियो । सिआइबीको पत्रपछि आजदेखि सुन गाल्नेलगायतका प्रक्रिया सुरु गरिएको हो ।