काठमाडौं – नेपाल प्रहरीका ३२औँ महानिरीक्षक चन्द्रकुवेर खापुङको कार्यकाल सकिन लागेको छ । सुरक्षा निकायको नेतृत्व सम्हाल्न प्रहरी अतिरिक्त महानिरीक्षकहरू प्रतिस्पर्धामा छन् । अबको प्रहरी महानिरीक्षकको पदका लागि प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्की, मनोज केसी, राजन अधिकारी र सिद्धिविक्रम शाह प्रतिस्पर्धामा छन् ।
१८ भदौमा नेपाल प्रहरीको प्रहरी महानिरीक्षक पदमा नियुक्त भएका खापुङ अबको १८ दिनमा प्रहरीको कानुनतः ३० वर्षे सेवा अवधि पुरा भई बिदा हुने छन् । थापासँगै एआईजीहरू टेकबहादुर तामाङ र सुदीप गिरी र कृष्णहरि शर्मा पोखरेल अवकाशमा गएसँगै खापुङ प्रहरी महानिरीक्षकका रूपमा नियुक्त भएका थिए।
उनी प्रहरी महानिरीक्षकको पदका एकल दाबेदार थिए । उनी यही महिनाको २६ गतेबाट अनिवार्य अवकाशमा जाने छन् । ०५० सालमा प्रहरी निरीक्षकको परीक्षा दिएका उनी प्रहरीको दोस्रो लटमा परेका थिए । सोही वर्ष प्रहरी निरीक्षकको परीक्षा दिएर पहिलो लटमा परेका दीपक थापा १८ भदौमा अनिवार्य अवकाश गएका हुन् ।
चारै जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू कुनै विवादमा नपरेका प्रहरी संगठनमा इमानदार प्रहरी अधिकृतको रूपमा चिनिन्छन् । उनीहरू अहिलेसम्म कुनै ठुलो विवादमा परेका छैनन् । यसमध्ये प्रमुख दाबेदारका रूपमा आईजीपी कार्की रहेका छन् । खापुङ १७ कात्तिकदेखि अनिवार्य अवकाशमा जाने भएपछि संगठनको ३३औं आईजीपी चयन प्रक्रिया प्रारम्भ भएको हो।
उनी प्रहरी महानिरीक्षकको पदका एकल दाबेदार थिए । उनी यही महिनाको २६ गते बाट अनिवार्य अवकाशमा जाने छन् । ०५० सालमा प्रहरी निरीक्षकको परीक्षा दिएका उनी प्रहरीको दोस्रो लटमा परेका थिए । सोही वर्ष प्रहरी निरीक्षकको परीक्षा दिएर पहिलो लटमा परेका दीपक थापा १८ भदौमा अनिवार्य अवकाश गएका हुन् ।
आईजीपीका लागि सिफारिस भएका चार एआईजीहरूबीच प्रतिस्पर्धा हुने भए पनि संगठनभित्र र बाहिर दुवै क्षेत्रमा कार्कीलाई योग्य, इमानदार र अनुभवी उम्मेदवारको रूपमा हेरिएको छ । उनी हाल काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुखका रूपमा रहेका छन् । त्यसअघि उनी मानव स्रोत विकास विभागका प्रमुखका रूपमा काम गरेका थिए ।
को हुन् कार्की ?
प्रहरीको जागिरे कामभन्दा पनि सेवाको रुपमा गर्नैपर्छ भन्ने मान्यता राख्ने कार्की २०५४ साल चैत १८ गते लोकसेवा आयोगमार्फत प्रहरी निरीक्षकका रूपमा प्रहरी सेवामा प्रवेश गरेका थिए । गुल्मीको मालिका गाँउपालिका–७ मा जन्मिएका कार्कीले पहिलो जागिर नै नेपाल प्रहरीबाट सुरु गरेका थिए । प्रहरी निरीक्षककारुपमा सङ्गठनमा भर्ना भएका कार्कीको सुरुवाती तलब मासिक चार हजार रुपैयाँ थियो । लोकसेवाको परीक्षा दिएर प्रहरी बन्ने पहिलो ब्याच नै उनी हुन् । उनको प्रहरीमा नियुक्तिको समयमा देशमा द्वन्द्वको अवस्था थियो । प्रहरीको आवश्यकता बढी पर्ने भएकाले उक्त समय नै उनको नियुक्ति भएको थियो ।
समाजको विकास, उन्नति, प्रगतिका साथै नागरिक आत्मबलका लागि समेत प्रहरीको उपस्थिति, अपरिहार्य रहेको कार्की बताउँछन् । डीएसपी हुँदा बानेश्वर क्षेत्रका प्रमुखका रूपमा अपराध नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेका उनले एसपीका रूपमा कपिलवस्तु र कास्कीमा सामुदायिक प्रहरी अवधारणालाई बलियो बनाएका थिए । एसएसपी हुँदा काठमाडौँ प्रहरी प्रमुखका रूपमा राजधानीको सुरक्षा सञ्जाललाई प्रविधिमुखी र जनकेन्द्रित बनाएका थिए ।
आईजीपीका लागि सिफारिस भएका चार एआईजीहरूबीच प्रतिस्पर्धा हुने भए पनि संगठनभित्र र बाहिर दुवै क्षेत्रमा कार्कीलाई योग्य, इमानदार र अनुभवी उम्मेदवारको रूपमा हेरिएको छ । उनी हाल काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुखका रूपमा रहेका छन् । त्यसअघि उनले मानव स्रोत विकास विभागका प्रमुखका रूपमा काम गरेका थिए ।
डीआईजी पदमा रहँदा केन्द्रीय प्रवक्ताका रूपमा प्रहरीका जनसरोकारका विषयहरू पारदर्शी र जिम्मेवार ढङ्गले प्रस्तुत गरेर संस्थाको विश्वसनीयता अभिवृद्धि गरेका कार्की लुम्बिनी प्रदेश प्रहरी प्रमुख हुँदा संगठनलाई अनुशासन र जवाफदेहिताको नयाँ उचाइमा पु¥याउन सफल भएका थिए ।आईजीपीका लागि सिफारिस भएका चार एआईजीहरूबीच प्रतिस्पर्धा हुने भए पनि संगठनभित्र र बाहिर दुवै क्षेत्रमा कार्कीलाई योग्य, इमानदार र अनुभवी उम्मेदवारको रूपमा हेरिएको छ । उनी हाल काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुखका रूपमा रहेका छन् । त्यसअघि उनले मानव स्रोत विकास विभागका प्रमुखका रूपमा काम गरेका थिए ।
हाल उपत्यका प्रहरी कमाण्डको नेतृत्व सम्हाल्दै आएका कार्कीले अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन र नागरिक–प्रहरी सहकार्यमा उल्लेखनीय सुधार ल्याएका छन् । जेनजी आन्दोलनपछि प्रहरी संगठनमा खस्किएको मनोबल पुनः उच्च बनाउन उनले प्रशिक्षण, समन्वय र मनोबल अभिवृद्धि कार्यक्रमहरूलाई प्राथमिकतामा राखेका छन् । साथै, प्रहरी महानिरीक्षक दाबेदार शाह २०५३ को टोली हुन्, भने कार्की, केसी र अधिकारी २०५४ को टोली हुन् ।
दाबेदारहरुमध्य केसी अहिले केन्द्रिय अनुसन्धान ब्युरोमा रहेका छन् । मानवश्रोत विकास विभागका प्रमुखमा अधिकारी रहेका छन्, भने बस्नेत काठमाडौं उपत्यका अपराध अनुसन्धान माहाशाखाका प्रमुख रहेका छन् । केसीलाई यसअघि तत्कालीन सत्ता गठबन्धनको दबाबका कारण सीआईबीबाट हटाइएको थियो।
उनले नेतृत्व गरेको टोलीले पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित उच्च राजनीतिक पदाधिकारीहरूलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ गरेको थियो । सोही कारण उनले पछिल्ला सरकारले पनि प्रमुख जिम्मेवारी नदिएको बताइएको थियो ।
दाबेदारहरुमध्य केसी अहिले केन्द्रिय अनुसन्धान ब्युरोमा रहेका छन् । मानवश्रोत विकास विभागका प्रमुखमा अधिकारी रहेका छन्, भने बस्नेत काठमाडौं उपत्यका अपराध अनुसन्धान माहाशाखाका प्रमुख रहेका छन् ।
कार्कीपछि प्रहरी महानिरीक्षकको दोस्रो दाबेदारमा केसी रहेका छन् । ०७९ साल चैत १२ गते केसीको नेतृत्वमा रहेको अपराध अनुसन्धान कार्यालयले ‘भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु’ भन्दै रकम असुली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो ।
दुलाल र भण्डारीको बयानपछि गृह मन्त्रालयका उच्च अधिकारीहरू समेत प्रकरणमा संलग्न रहेको खुलासा भएको थियो । यसअघि सीआईबी प्रमुख रहेका खापुङ आईजीपी बनेपछि ब्यूरो कार्यवाहक प्रमुखको जिम्मामा चलिरहेको थियो। मन्त्रिपरिषद्को निर्णयसँगै अब केसीले औपचारिक रूपमा सीआईबी प्रमुखको जिम्मेवारी सम्हालेका हुन् ।





About Us
प्रतिक्रिया