सुन तस्करी प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ

सुन तस्करी प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ


बैकिङ्ग समाचार,काठमाडौं । 

एक सय किलो सुन तस्करी प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ परेका छन् ।

उक्त प्रकरणमा शुक्रबार चिनियाँ नागरिकद्वय ली जियाइलियन र लिउ फुयानलाई विमानस्थलबाट पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख रामबन्धु सुवेदीले जानकारी दिएका छन् । उनका अनुसार चीनतर्फ प्रस्थान गर्न लागेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । 

पक्राउ परेका चिनियाँ नागरिकलाई थप अनुसन्धानका लागि सीआइबीको जिम्मा लगाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ ।

राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पार गरेर बाहिरिएको एक क्विन्टल सुन केही हप्ता पहिले पक्राउ परेको बरामद गरेको थियो ।