अवैध रुपमा भित्रिएको सुन काण्डको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने एमाले सचिव विष्टको भनाई 

अवैध रुपमा भित्रिएको सुन काण्डको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने एमाले सचिव विष्टको भनाई 


बैकिङ्ग समाचार,काठमाडौं ।

नेकपा  एमालेका सचिव एवं गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टले अवैध रुपमा नेपाल भित्रिएको सुन काण्डको छानबिन गर्न कानुनबमोजिम उच्चस्तरीय समिति गठन गर्नुपर्नेमा जोड दिएका छन् ।

नेकपा एमाले गण्डकी प्रदेश सङ्गठन कमिटीको चौधौँ पूर्ण बैठकको निर्णय सार्वजनिक गर्दै विष्टले उच्चस्तरीय समिति गठन गर्नुपर्नेमा जोड दिएका हुन् । साथै चौधौँ  पूर्ण बैठकले गण्डकी प्रदेशको प्रथम अधिवेशन आगामी असोज १५ र १६ गते पोखरामा आयोजना गर्नेलगायत विभिन्न आठ निर्णय गरेको जानकारी दिइएको छ ।

त्यस्तै पोखराको उपयुक्त स्थानमा गण्डकी प्रदेश कमिटीको कार्यालय निर्माण, सङ्गठन विस्तार, जिल्ला जिल्लामा प्रचार तथा  प्रकाशन विभागलाई पूर्णता दिने, जिल्लास्तरीय प्रचार भेला तथा क्षमता अभिवृद्धि तथा अभिमुखीकरण कार्यक्रम गर्नेलगायत निर्णय गरिएका छन् ।