राधा देवी ग्रुपका सञ्चालक पक्राउ 

राधा देवी ग्रुपका सञ्चालक पक्राउ 


बैंकिङ्ग समाचार, काठमाडौं l

काठमाडौं महानगरपालिका वडा नं १ भाटभटेनी स्थितमा रहेको राधा देवी ग्रुप इन्टरनेशनल कम्पनीका सञ्चालक दिनेश कोईराला बैकिङ्ग कसूरमा प्रकाउ परेका छन् ।  कोईरालाले विभिन्न मितिमा विभिन्न व्यक्तिहरुलाई विभिन्न प्रलोभनमा पारी रकम लिने गरेका थिए। कोईरालाले सो रकम आफ्नो बैंक खाताबाट भुक्तानी लिनु भनि भन्ने गरेको र चेक दिने गरेका थिए।

कोईरालाको आफ्नो बैंक खातामा चेक अनुसारको पर्याप्त रकम नभएको थाहा हुँदा हुदै पनि चेक काटी दिने गरेकाको  र पीडितहरुको रकम समेत फिर्ता नगरी फरार रहेको जिल्ला प्रहरी परिसरले काठमाडौंले जनाएको छ । 

फरार कोईरालालाई जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त थानकोटबाट खटिएका प्रहरी टोलीले चन्द्रागिरी नगरपालिकाबाट पक्राउ गरेका थिए । कोईरालालाई बैकिङ्ग कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई जिल्ला प्रहरी परिसर काठमाडौंमा थप अनुसन्धान भई रहेको । 

कोईरालाबाट अरुकोही व्यक्तिहरु ठगीमा परेको भए जिल्ला प्रहरी परिसर काठमाडौंमा सम्पर्क गर्न अनुरोध गरेको छ ।