ग्लोबल आइएमई बैंकको आज राति १० बजेदेखि राति १२ बजेसम्म एटिएम सेवा बन्द हुने

ग्लोबल आइएमई बैंकको आज राति १० बजेदेखि राति १२ बजेसम्म एटिएम सेवा बन्द हुने


बैंकिङ्ग समाचार, काठमाडौं ।

 ग्लोबल आइएमई बैंकको आज राति (साउन २३ गते) १० बजेदेखि राति १२ बजेसम्म एटिएम सेवा बन्द हुने भएको छ । ग्लोबल आइएमई बैंक लिमिटेडको कार्ड मार्फत हुने कारोबार तथा एटीएम ‘पीओएस’ सेवा केही समयको लागि अवरुद्ध हुने भएको हो । 

बैंकको कार्ड कारोबारको स्विचिङ सेवा प्रदायक संस्था ‘नेपाल इलेक्ट्रिक पेमेन्ट सिस्टम’ को सिस्टममा आवश्यक मर्मत सम्भार गनुपर्ने भएकाले सो समयबीचमा बैंकबाट जारी गरिएको सम्पूर्ण कार्डमार्फत हुने कारोबार केही समयको लागि अवरुद्ध हुनसक्ने बैंकले जनाएको छ।

साथै, उक्त समयमा दैीनक रुपमा आवश्यक विद्युतिय कारोबार सकेसम्म अन्य बैकल्पिक माध्यमबाट गर्न समेत बैंकले आग्रह गरेको छ।