बससेवाले मनायो नवौं वार्षिकोत्सव, यात्रुलाई सडककिनारामा धुलो खाँदै बस कुर्नुपर्ने बाध्यताको अन्त्य 

बससेवाले मनायो नवौं वार्षिकोत्सव, यात्रुलाई सडककिनारामा धुलो खाँदै बस कुर्नुपर्ने बाध्यताको अन्त्य 


बैंकिङ्ग समाचार,काठमाडौं ।

नेपालको एकमात्र अनलाइन बस टिकटिङ्ग सेवा प्रदायक बससेवा डटकम नवौँ वार्षिक उत्सव पूरा गरी दशौँ वर्षमा प्रवेश गरेको छ। बससेवा टुर्स एण्ड ट्राभल्स् अन्तगर्तत रहेर वि.सं.२०७१ साउन २१ गतेबाट आफ्नो सेवा सुरू गरेको बससेवा दशौँ वर्षमा प्रवेश गरेको हो। बससेवा टुर्स एण्ड ट्राभल्स् अन्तर्गत रहेर २०७१ साउन २१ गतेबाट आफ्नो सेवा सुरू गरेको बससेवा आइतबारबाट दशौँ वर्षमा प्रवेश गरेको हो। 

दशौं वर्ष प्रवेश गरेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पि.आर.खनालले  बससेवा डटकमले यातायात क्षेत्रलाई प्रविधिसँग जोड्दै यात्रुहरूलाई अनलाइन मार्फत टिकट प्रदान गर्ने उदेश्यले आफ्नो सेवा सुरू गरेको बताएका छन् । ‘बससेवा डटकमले यातायात क्षेत्रलाई प्रविधिसँग जोड्दै यात्रुहरूलाई अनलाइन मार्फत टिकट प्रदान गर्ने उदेश्यले आफ्नो सेवा सुरू गरेको हो उनले भने । ‘हामीले यो बिचमा विभिन्न उतारचढाव बेहोर्नुपरेपनि आम यात्रु र यातायात व्यवसायीले देखाउनुभएको विश्वास प्रति म धन्यवाद दिन चाहान्छु। आगामी दिनमा हामीले हाम्रो सेवालाई थप प्रभावकारी बनाउँदै आम यात्रुलाई सहज हुनेगरी सेवा विस्तार गर्दै जानेछौं।’

त्यस्तै बससेवाले हाल दैनिक ३ हजारभन्दा बढि यात्रुले बससेवा मार्फत टिकट काटी यात्रा गर्दै आएको र यो बीचमा बससेवाले यात्रुहरूलाई बस कुर्न झञ्झट नहोस् भन्ने उद्धेश्यले काठमाडौको ढुङ्गेअड्डामा प्यासेञ्जर लाउञ्जसमेत सञ्चालनमा ल्याएको चिफ मार्केटिङ्ग अफिसर कमल प्रसाद गौतमले बताए । ‘सोही लाउञ्जमा यात्रुहरूलाई वाइफाइ, खानेपानी लगायतका सुविधा रहेका छन् । लाउञ्जबाट सिधै बस चढ्न सकिने र जसले गर्दा यात्रुहरूलाई सडक किनारामा धुलो खाँदै बस कुर्नुपर्ने बाध्यताको अन्त्य भएको उनको दाबी रहेको छ ।

यसैबीच बससेवाले १०औं वर्ष प्रवेशका अवसरमा दशदिनसम्म हरेक दिन दशजनाले निशुल्क यात्रा गर्न सक्ने अफर सार्वजनिक गरेको छ। हरेक दिन गोलाप्रथामार्फत १० जनालाई शतप्रतिशत क्यासब्याक प्रदान गरिने घोषणा गरेको छ। यसैबिच बससेवाले १० औँ वर्ष प्रवेशका अवसरमा दशदिनसम्म हरेक दिन दशजनाले निशुल्क यात्रा गर्न सक्ने अफर सार्बजनिक गरेको छ। हरेक दिन गोलाप्रथा मार्फत १० जनालाई शतप्रतिशत क्यासब्याक प्रदान गरिनेछ। विजेताको नाम बससेवाको आधिकारिक फेशबुकपेज मार्फत सार्बजनिक गरिनेछ।
 
बससेवा डटकम नेपालको एकमात्र अनलाइन बसटिकट काट्न सकिने सेवा प्रदायक हो। यात्रुहरुले कुनैपनि गन्तव्यका टिकट सहजै बससेवा डटकम र बससेवाको मोबाईल एप्स् मार्फत टिकट काट्न सक्नेछन्।