राष्ट्र बैंकको बैंकिङ विभागमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा

राष्ट्र बैंकको बैंकिङ विभागमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा


बैकिङ्ग समाचार,काठमाडौं । 

नेपाल राष्ट्र बैंकको बैंकिङ विभागमा माछापुच्छ्रे बैंकले क्यूआर कोड सेवा सुरु गरेको छ । बालुवाटारमा रहेको विभागमा नेपाल पे र फोन पे दुबै नेटवर्कको क्युआर कोड सेवा सञ्चालनमा ल्याएको हो ।

सो सेवा २०८० श्रावण २१ गते देखि सञ्चालनमा आएको हो । 

यसमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक दयाराम शर्मा पंगेनी र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाले संयुक्तरुपमा हस्ताक्षर गरेका छन् । 

उक्त सेवाबाट राष्ट्र बैंकमा विदेशी मुद्रा सटही लिन आउने  सेवाग्राहीहरुले क्यूआरमार्फत भुक्तानी गरी सटही सुविधा लिन सक्ने छन् । जसले गर्दा सेवाग्राहीहरुको काम छिटोछरितो हुन गई नगदरहित कारोबारलाई समेत टेवा पुग्ने देखिन्छ ।