स्थानीय तहलाई दोहरो कर हटाउन उद्योगमन्त्रीको आग्रह

स्थानीय तहलाई दोहरो कर हटाउन उद्योगमन्त्रीको आग्रह


बैकिङ्ग समाचार, काठमाडौं । 

कवाडीकरको नाममा कच्चा पदर्थमा समेत लगाइएको कर हटाउन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले बारा र पर्साका स्थानीय तहलाई आग्रह गरेका छन् ।  

जितपुरसिमरा उद्योग वाणिज्य सङ्घको छैटौँ स्थापना दिवसका अवसरमा शनिबार बाराको जितपुरमा आयोजित कार्यक्रमलाई बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।

स्थानीय तहले यो कर नहटाए सङ्घीय सरकारले उचित कदम चाल्ने पनि रिजालले बताए ।

उनले उद्योगी–व्यापारीले आर्जन गरेको आयकर तिरे पनि एकीकृत सम्पत्ति कर लगाएर दोहोरो कर स्थानीय सरकारले लिने गरेको जनाउदै तत्काल फिर्ता लिन स्थानीय तहलाई आग्रह गरेका छन्  ।