शुल्क मनोमानी ढंगले बढाउन खोजेको भन्दै थापाथली क्याम्पसका विद्यार्थी प्रदर्शनमा 

शुल्क मनोमानी ढंगले बढाउन खोजेको भन्दै थापाथली क्याम्पसका विद्यार्थी प्रदर्शनमा 


बैकिङ्ग समाचार,काठमाडौं ।

थापाथली क्याम्पसका विद्यार्थीहरूले इन्जिनियरिङ पढाईको शुल्क मनोमानी ढंगले बढाउन खोजेको भन्दै प्रदर्शन गरेका छन्  । 

स्वतन्त्र विद्यार्थी युनियनको पहलमा संयौको संख्यामा रहेका थापाथलीका विद्यार्थीहरूले क्याम्पसबाट माइतीघर मण्डलासम्म र्याली निकाल्दै प्रदर्शन गरेका हुन् । 

सरकारले १४० प्रतिशतसम्म शुल्क बढाउन लागेको उनीहरूको आरोप छ । त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानले ३ लाख ३० हजार रूपैयाँबाट बढाएर ७ लाख ७७ हजार बनाउन खोजेको विरोधमा विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।

थापाथली क्याम्पस सानो क्षेत्रमा सञ्चालनमा रहेको भन्दै इन्जिनियरिङ क्याम्पसलाई अर्को ठाउँमा स्थानान्तरण गर्नुपर्ने माग पनि उनीहरूको छ ।