अपराधको अनुसन्धान एआई टुल्सबाट गर्दै प्रहरी, के हो ‘एआई बिजनेस इन्टेलिजेन्स टुल्स’


काठमाडौं – सूचना प्रविधिको माध्यमबाट हुने आपराधिक गतिविधि बढिरहेको बेलामा नेपाल प्रहरीले अनुसन्धानलाई पनि प्रविधिमा आधारित बनाउने प्रयास गरेको छ । अपराध अनुसन्धानलाई सरलीकृत र अनुमानयोग्य बनाउन प्रहरीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित टुल्सको प्रयोगको सुरुवात गरेको हो । यसलाई ‘एआई बिजनेस इन्टेलिजेन्स टुल्स’ भनिएको छ ।

प्रहरीका अनुसार, यस टुल्सको माध्यमबाट अपराधसँग सम्बन्धित डाटाहरूको विश्लेषण छिटो र सरल रूपमा गर्न सकिनेछ । यसले अनुसन्धानलाई मात्र तीव्र बनाउने मात्र नभई अपराधको आकलन गर्न समेत सहयोग गर्ने प्रहरीको भनाइ छ । 

पछिल्लो समयमा बैंकिङ्ग कसुरका घटनाहरूका साथै, अन्य आर्थिक तथा वित्तीय अपराधका घटनाहरू पनि बढ्दै गइरहेका छन् । त्यस्ता अपराधमा संलग्न व्यक्तिहरूलाई अनुसन्धान गर्न प्रहरीले ‘एआई बिजनेस इन्टेलिजेन्स टुल्स’ ल्याएर प्रयोग गर्ने सुरु गरिएको प्रहरी प्रवक्ता विनोद घिमिरेले बैंकिङ्ग समाचारसँगको कुराकानीमा बताएका छन् । अहिले काठमाडौं, भक्तपुर ललितपुरमा मात्रै यस एआई टुल्सको प्रयोग गरिएको उनी बताउँछन् । उनका अनुसार यस एआई टुल्सलाई ७७ जिल्लामा प्रयोगमा ल्याउने तयारी भइरहेको छ। 

‘बढ्दै गइरहेको आर्थिक तथा वित्तीय अपराधका घटनामा अनुसन्धान गर्न यसले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिएका छौँ,’ उनले भने । सुरक्षा निकायका अनुसार यो प्रणाली प्रयोगमा आएपछि आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई तत्काल पहिचान गर्न सकिने र अनुसन्धान प्रक्रिया थप सशक्त हुने अपेक्षा गरिएको छ ।

उनका अनुसार एआइ बेस्ड सिस्टमबाट थुनामा परेका अपराधीहरूको पृष्ठभूमि पत्ता लगाउन सकिनेछ । यसले अपराधीको पृष्ठभूमि जस्तै कति पटक, कहाँ–कहाँबाट पक्राउ परेका थिए जस्ता विषयमा अनुसन्धान गर्न सहज हुनेछ । त्यसका लागि प्रहरीले सरकारसँग बजेट समेत माग गरिसकेको प्रवक्ता घिमिरे बताउँछन् । उनले भने, ‘यो टुल्समार्फत अपराधमा संलग्न व्यक्तिको नाम, ठेगाना, विगतको आपराधिक रेकर्डदेखि लिएर कति पटक पक्राउ परेको छ भन्ने तथ्याङ्क समेत सजिलै पत्ता लाग्ने छ ।’ 

सुरक्षा निकायका अनुसार यो प्रविधि प्रयोगमा आएपछि फरार अपराधीलाई छिटो पहिचान गर्न, अनुसन्धानलाई छरितो बनाउन र सुरक्षालाई अझ व्यवस्थित गर्न सहयोग पुग्नेछ । प्रहरीका अनुसार यस प्रविधिले अपराध अनुसन्धानलाई छरितो बनाउन मात्र नभई फरार अभियुक्तलाई छोटो समयमा पहिचान गर्न र कानुनी प्रक्रिया अघि बढाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

‘अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउने यस टुल्स क्यामरासँग मिल्दोजुल्दो देखिने भए पनि यसमा व्यक्तिको विवरण राखेपछि सो व्यक्तिको सम्पूर्ण जानकारी तुरुन्तै प्रस्ट हुन्छ’ उनले भने,‘ यससँगै पक्राउ परेको व्यक्ति पटक–पटक अपराध गर्ने अथात् ‘पटके अपराधी’ हो कि होइन भन्ने विवरण पनि तुरुन्तै देखिने सुविधा छ ।

‘बढ्दै गइरहेको आर्थिक तथा वित्तीय अपराधका घटनामा अनुसन्धान गर्न यसले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिएका छौँ,’ उनले भने । सुरक्षा निकायका अनुसार यो प्रणाली प्रयोगमा आएपछि आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई तत्काल पहिचान गर्न सकिने र अनुसन्धान प्रक्रिया थप सशक्त हुने अपेक्षा गरिएको छ ।

प्रहरी अधिकारीका अनुसार चालु आर्थिक वर्षदेखि यस टुल्सको प्रयोग थालिएको हो । यो प्रविधि लागू गर्ने योजना सबै ७७ वटै जिल्लाका लागि भए पनि हाल सीमित सर्भरका कारण केही जिल्लामा मात्र प्रयोग भइरहेको छ । सरकारले आवश्यक लगानी गरेपछि भने सम्पूर्ण जिल्लामा विस्तार गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । यस प्रविधिबाट अनुसन्धान प्रक्रिया सहज हुने र अपराध नियन्त्रणमा महत्त्वपूर्ण योगदान पुग्ने प्रवक्ता घिमिरेको भनाइ छ।

‘बढ्दै गइरहेको आर्थिक तथा वित्तीय अपराधका घटनामा अनुसन्धान गर्न यसले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिएका छौँ,’ उनले भने । सुरक्षा निकायका अनुसार यो प्रणाली प्रयोगमा आएपछि आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई तत्काल पहिचान गर्न सकिने र अनुसन्धान प्रक्रिया थप सशक्त हुने अपेक्षा गरिएको छ ।

यस टुल्स सञ्चालनका लागि आवश्यक दक्ष जनशक्ति तयार पार्न सूचना प्रविधि निर्देशनालयले तालिम प्रदान गर्ने गरिएको छ । तालिम नेपाल प्रहरी प्रधान कार्यालयमै दिइएको प्रवक्ता घिमिरेले बताए । ‘कुनै पनि व्यक्ति पहिला कुन केसमा पक्राउ परेको थियो, उसकाविरुद्धका उजुरीका रेकर्ड जस्ता विषयहरू थाहा पाउन मद्दत गर्छ,’ उनले भने । प्रहरीका प्रवक्ता अनुसार आवश्यक दक्ष जनशक्ति तयार पार्न सूचना प्रविधि निर्देशनालयले नेपाल प्रहरी प्रधान कार्यालयमै तालिम प्रदान गर्ने तयारी गरेको छ । यस कदमले अपराध नियन्त्रण र अनुसन्धान क्षमतामा उल्लेखनीय वृद्धि हुने देखिन्छ ।