क्विन्टल सुन तस्करी अनुसन्धानको जिम्मा सीआईबीलाई दिन प्रधानमन्त्री प्रचण्ड को निर्देशन

क्विन्टल सुन तस्करी अनुसन्धानको जिम्मा सीआईबीलाई दिन प्रधानमन्त्री प्रचण्ड को निर्देशन


बैकिङ्ग समाचार,काठमाडौं । 

एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई दिन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले निर्देशन दिएका छन् ।

राजस्व अनुसन्धान विभाग स्रोतका अनुसार बिहीबार साँझ गृहमन्त्री, रक्षामन्त्री, महान्यायाधिवक्ता, प्रहरी महानिरीक्षक, सीआईबी प्रमुख र राजस्व अनुसन्धानका महानिर्देशकसहितको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले ब्युरोमार्फत थप अनुसन्धान अघि बढाउन निर्देशन दिएका हुन् ।

विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पार गरेर बाहिरिएको एक क्विन्टल सुन बरामद गरेको थियो । अनुसन्धानका क्रममा चिनियाँ, भारतीय र बेल्जियन नागरिकसमेत पक्राउ परेका छन् ।