निर्देशन पालना नगर्ने बीमा कम्पनीहरुलाई प्राधिकरणले पठायो सचेत पत्र

निर्देशन पालना नगर्ने बीमा कम्पनीहरुलाई प्राधिकरणले पठायो सचेत पत्र


बैकिङ्ग समाचार,काठमाडौं ।

नेपाल बीमा प्राधिकरणले नियामकीय निर्देशन पालना नगर्ने बीमा कम्पनीहरुलाई सचेत पत्र पठाएको छ । 

प्राधिकरणले जारी गरेको पुनर्बीमा निर्देशिका २०८० को व्यवस्था अनुसार बीमा कम्पनीहरुले नियम पालना नगरेकाले प्राधिकरणले आज सचेत पत्र पठाएको हो ।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलले केही बीमा कम्पनीहरु पुनर्बीमा निर्देशिका २०८० को विपरित तर्फ गएको कारण सम्पूर्ण बीमा कमपनीहरुलाई पत्र पठाएको बताएका छन् । 

यस्तै, प्राधिकरणको नियम उल्लंघन गरेको खण्डमा ऐन अनुसार बीमा कम्पनीलाई कारबाही गरिने भएको छ ।