राष्ट्र बैंकमा सह–प्रवक्ताको जिम्मेवारी डिल्लीराम पोख्रेललाई

राष्ट्र बैंकमा सह–प्रवक्ताको जिम्मेवारी डिल्लीराम पोख्रेललाई


बैकिङ्ग समाचार, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले सह–प्रवक्ताको जिम्मेवारी डा. डिल्लीराम पोख्रेललाई दिएको छ ।

साउन १७ गते देखि लागू हुने गरी पोख्रेललाई सह–प्रवक्ता र सूचना अधिकारीको जिम्मेवारी दिइएको राष्ट्र बैंकले जनाएको छ ।

जापानको ओसाका साङ्ग्यो विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका पोख्रेल २०५८ सालदेखि राष्ट्र बैंकमा आबद्ध थिए  ।

यसअघि राष्ट्र बैंकको सह–प्रवक्ता एवं सूचना अधिकारी नारायणप्रसाद पोखरेल थिए ।