सिभिल सहकारीले जीवनभरको कमाई ठगी गरेको भन्दै २ अभिनेत्री माइतीघर मण्डलामा अनशन

 सिभिल सहकारीले जीवनभरको कमाई ठगी गरेको भन्दै २ अभिनेत्री माइतीघर मण्डलामा अनशन


बैंकिङ्ग समाचार, काठमाडौं ।

सिभिल सहकारीले जीवनभरको कमाई ठगी गरेको भन्दै २ अभिनेत्री माइतीघर मण्डलामा अनशन बसेका छन् । ठगी गर्ने सहकारीलाई कारबाहीको माग गर्दै दुई पाका अभिनेत्रीहरू बसुन्धरा भुसाल र चैत्यदेवी माइतीघर मण्डलामा अनशनमा बसेका हुन् । ठगी गर्ने सहकारीविरुद्ध उनीहरूले दिनको १० घण्टाका दरले अनशन सुरु गरेको उनीहरुले बताए। सिभिल सहकारीले आफूहरूको जीवनभरको कमाई ठगी गरेको उनीहरूको आरोप छ । 

सहकारीमा बचत गरेको २ करोड ६० लाख रुपैयाँ उनीहरूले फिर्ता नपाएको बताए । उनीहरूले पैसाको अभावमा घरखर्च चलाउनसमेत मुस्किल परेको बताएका थिए । रकम लिनका लागि पटक–पटक सहकारीमा गए पनि रित्तो हात फर्कनु परेको अभिनेत्रीहरूको गुनासो छ ।

फसेको रकम झिक्न पहल गर्न भन्दै बसुन्धरा, चैत्यदेवी र भुवन चन्दले प्रधानमन्त्रीदेखि दलका शीर्ष नेताहरूलाई भेटिसकेका छन् । तर, कहीँबाट पहल नभएपछि आफूहरू धर्नामा बस्न बाध्य भएको उनीहरूले बताए । चैत्यदेवी र बसुन्धराका आफन्त र परिवारको १४ जना सदस्यले जम्मा गरेको दुई करोड ६० लाख रुपैयाँ सहकारीमा फसेको उनीहरूको दाबी छ ।