मिटरब्याजीलाई कारबाही गर्ने विधेयक राष्ट्रिय सभाबाट पारित

मिटरब्याजीलाई कारबाही गर्ने विधेयक राष्ट्रिय सभाबाट पारित


बैकिङ्ग समाचार,काठमाडौं । 

मिटरब्याजीलाई कारबाही गर्नेसम्बन्धी विधेयक राष्ट्रिय सभा बैठकबाट पुनः पारित भएको छ । गत असार ३१ गते नै यो विधेयक पारित गरेर प्रतिनिधि सभामा पठाइएको थियो । प्रतिनिधि सभाले संशोधन सहित पारित गरेर पठाएको विधेयक राष्ट्रिय सभाले आज (बिहीबार) सर्वसम्मतिले पारित गरेको हो ।

विधेयक पारित भएसँगै अब मिटरब्याजीलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना गर्ने बाटो खुलेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि विधेयक कानूनको रूपमा कार्यान्वयन गर्न सकिनेछ ।

प्रतिनिधि सभाले अरू विधेयकलाई झैं पारित गरी पठाएपछि असन्तुष्ट देखिएका राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले संशोधन स्वीकार गरी अघि बढाउन आनाकानी गरे पनि महान्यायाधिवक्तासँग कानूनी परामर्श गरेका थिए ।

महान्यायाधिवक्ताले सो विधेयक प्रतिनिधि सभाबाट पारित गर्दा संविधान र कानून उल्लंघन नभएको राय दिएका थिए । त्यसपछि यो विधेयक पारित भएको हो ।