अबदेखि बैंकमा जागिर खान अगाडि नै ‘लाइसेन्स’ अनिवार्य लिनुपर्ने

अबदेखि बैंकमा जागिर खान अगाडि नै ‘लाइसेन्स’ अनिवार्य लिनुपर्ने


बैंकिङ्ग समाचार,काठमाडौं । 

अबदेखि बैंकमा जागिर खान अगाडि नै लाइसेन्स (अनुमतिपत्र) लिनुपर्ने भएको छ । वित्तीय प्रणालीमा दक्ष जनशक्ति अभाव भएको र कर्मचारी व्यवस्थामा समस्या भएका कारण स्थायित्व कायम गर्न अप्ठेरो भएको र प्रणालीलाई नै जोखिम पुगेको कारण लाइसेन्स लिनु पर्ने राष्ट्र बैंकले जनाएको  छ ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत अग्रिम लाइसेन्स लिनुपर्ने व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन गर्ने संकेत गरेको हो।

राष्ट्र बैंकले मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थामा नयाँ कर्मचारी राख्नुअघि लाइसेन्स लिएको हुनुपर्ने व्यवस्था गर्न लागेको छ। ‘बैंकिङ प्रणालीको स्थायित्वका लागि सक्षम जनशक्ति व्यवस्थापन र कार्यसम्पादन सुदृढ बनाउन आवश्यक भएकाले बैंकिङ क्षेत्रको समग्र जनशक्ति विकास र व्यवस्थापनका सम्बन्धमा अध्ययन गरिने छ,’ मौद्रिक नीतिमा छ, ‘नेसनल बैंकिङ इन्स्टिच्युटजस्ता संस्थासँगको सहकार्यमा बैंकिङ सेवामा प्रवेश गर्न प्रवेश परीक्षा र वृत्ति विकासका लागि सर्टिफिकेसन कोर्स पूरा गरेकालाई प्राथमिकता दिनेसम्बन्धी व्यवस्था गरिने छ।’