गृहमन्त्री गैरजिम्मेवार र बत्तमिज भएको एमाले अध्यक्ष ओलीको आरोप

गृहमन्त्री गैरजिम्मेवार र बत्तमिज भएको एमाले अध्यक्ष ओलीको आरोप


बैकिङ्ग समाचार,काठमाडौं । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ गैरजिम्मेवार र बत्तमिजी भएको आरोप लगाएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्विन्टल सुन बाहिरिएको विषयमा गृहमन्त्रीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएउदै ओलिले यस्तो आरोप लगाएका हुन् ।

कम्बोडियाको भ्रमण गरेर सोमवार राति स्वदेश फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग ओलीले विमानस्थलमा गृह मन्त्रालयले सुरक्षाकर्मी राखेको छ कि छैन भन्दै  प्रश्न गरेका छन्  । गृहमन्त्री भएर गैरजिम्मेवार अभिव्यक्ति दिँदै नहिँड्न उनले चेतावनी समेत दिए । 

गृहमन्त्री श्रेष्ठले सुन समातिएपछि विमानस्थल भन्सार र अध्यागमनको निरीक्षण गर्ने क्रममा बालुवाटार र बालकोटप्रति संकेत गर्दै कुनै पनि टार, कोट र पार्टीले छानबिन रोक्न नसक्ने अभिव्यक्ति दिएका थिए ।

सोही अभिव्यक्तिलाई लिएर अध्यक्ष ओलीले गृहमन्त्रीलाई अनुसन्धान गर्न पूर्ण अधिकार रहेको तर प्रमाणबिना गैरजिम्मेवारी अभिव्यक्ति दिँदै हिँड्न नहुने बताएका हुन् । अध्यक्ष ओलीले क्विन्टल सुन विमानस्थलबाट बाहिरिँदा त्यहाँको सुरक्षा व्यवस्था के भएको थियो भन्दै गृहमन्त्रीको भूमिकामाथि नै आशंका व्यक्त गरेका छन्  ।