अहिलेको मौद्रिक निति अपेक्षित, पर्ख र हेर भन्ने आसय सहित आएको देखिन्छः मनोज ज्ञवाली 

अहिलेको मौद्रिक निति अपेक्षित, पर्ख र हेर भन्ने आसय सहित आएको देखिन्छः मनोज ज्ञवाली 


बैकिङ्ग समाचार, काठमाडौं । 
नेपाल राष्ट्र बैंक ले २०८०/८१ को मौद्रिक निति सार्वजनिक गरेको छ । अहिलेको मौद्रिक निति अपेक्षित,पर्ख र हेर भन्ने आसय सहित आएको देखिएको बैंकर मनोज ज्ञवालीले बताएका छन् । नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिका ३० बुँदाहरु आफ्नो समाजिक संजाल फेसबुकमा सेयर गर्दे त्यसप्रति प्रष्टीकरण दिएका छन् । उनले लेखेका छन्ः

मौद्रिक नितिले कुनै खास नयां नितिगत व्यबस्थामा परिमार्जन गर्ने अपेक्षा गरिएको थिएन । बर्ष २०७९/८० को तेस्रो त्रैमासिक समिक्षा मार्फत केही बुँदाहरु मार्फत तत्कालीन समस्या समाधान गरिसकेको अबस्था र केही यता तरलता मा सहजता रहेका कारण नेपाल राष्ट्र बैंक थप खुकुलो हुन नचाहेको देखिन्छ । समस्याहरु पहिचान भइसकेको तर नियामकिय व्यवस्था मा नितिगत परिवर्तन गर्नुपर्ने अवस्था भएमा केही पछी गरिने गरी पुनरावलोकन गरिने भन्ने वाक्यांश सहित ढाडस दिन खोजेको देखिन्छ । आर्थिक बृद्दिदरको लक्ष्य बजेट मै उल्लेख भएकाले मौद्रिक नितिले बोलेको देखिन्छ तर चुनौतिपूर्ण छ । उत्पादनशील क्षेत्रतर्फ कर्जा प्रवाह लाइ प्रोत्साहित गर्ने लक्ष्य लिएको देखिन्छ, आर्थिक बृद्दिदर बढाउन जरुरी पनि छ तर बर्तमान अबस्थाले गर्दा लक्ष्य पुरा हुने गरी उत्पादनशील क्षेत्रतर्फ कर्जा माग हुने अवस्था देखिँदैन । मौद्रिक निति जिम्मेवारीबोध सहित काम गरेर बनाईएको, अपेक्षित अनी पर्ख र हेर भन्ने आसय सहित आएको देखिन्छ ।