पहिलो आवासीय घर कर्जामा २ करोडसम्म लगानी गर्न पाइने

पहिलो आवासीय घर कर्जामा २ करोडसम्म लगानी गर्न पाइने


बैंकिङ्ग समाचार, काठमाडौं ।

पहिलो आवासीय घर कर्जामा २ करोडसम्म लगानी गर्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत् ५० लाख सीमा बढाएको हो । राष्ट्र बैंकले यसअघि आवासीय घर कर्जाको सीमा १ करोड ५० लाख रुपैयाँ तोकेको थियो । उक्त सीमालाई वृद्धि गरेर २ करोड पुर्‍याएको हो । आवासीय घरकर्जामा जोखिमभार कम हुन्छ ।

त्यस्तै घरजग्गा कर्जाको जोखिमभारलाई घटाउने संकेत मौद्रिक नीतिमा उल्लेख गरिएको छ । ुसेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिनेछु मौद्रिक नीतिमा उल्लेख छ । हाल यस्तो जोखिमभार १५० प्रतिशत छ । यसको अर्थ अब बैंकहरुले घरजग्गामा कर्जा दिँदा कर्जा रकमको १५० प्रतिशत रकम जोखिम व्यवस्थापन गर्नुपर्नेछ । यसैलाई घटाउने राष्ट्र बैंकले स्पष्ट संकेत गरेको छ । हाल जोखिमभार १५० प्रतिशत हुँदा घरजग्गामा जाने कर्जा निरुत्साहन गरेको भन्दै खुकुलो नीति लिन राष्ट्र बैंकलाई दवाव परेको थियो । जोखिम भार १०० प्रतिशतमा झार्न घरजग्गा व्यवसायीले माग गर्दै आएका छन् ।

सअघि निर्माण कम्पनीले आवासिय घर (हाउजिङ) निर्माण गर्न कर्जा लिँदा धितोको वास्तविक बजार मूल्यको ६० प्रतिशतसम्म बैंकले कर्जा दिन पाउने व्यवस्था थियो ।

त्यस्तै, पहिलो पटक घर निर्माण वा खरिद गर्नेलाई धितोको वास्तविक बजार मूल्यको ७० प्रतिशतसम्म बैंकले कर्जा दिन पाउने व्यवस्था थियो । राष्ट्र बैंकले १ करोड ५० लाख रुपैयाँसम्मको कर्जालाई व्यक्तिगत आवासियक कर्जा मानेको छ । यसरी प्रवाह गरिएको कर्जाको ६० प्रतिशत जोखिम भारबापत बैंकले कर्जा स्वीकृत गरेकै बखत प्रोभिजन गर्नुपर्छ ।