नीतिगत दर ०.५ प्रतिशतले घटाउने राष्ट्र बैंकको घोषणा 

नीतिगत दर ०.५ प्रतिशतले घटाउने राष्ट्र बैंकको घोषणा 


बैंकिङ्ग समाचार,काठमाडौं ।

मौद्रिक नीति मार्फत् नेपाल राष्ट्र बैंकले नीतिगत दर घटाउने घोषणा गरेको छ । हाल ७ प्रतिशत रहेको नीतिगत दर घटाउँदै राष्ट्र बैंकले ६.५ प्रतिशत बनाउने निर्णय गरेको छ ।

आइतबार सार्वजनिक मौद्रिक नीतिमा सिलिङ रेट (स्थायी तरलता सुविधा (एसएलएफ) दर) भने परिवर्तन गरेको छैन् ।

तर, फ्लोर रेट (निक्षेप संकलन दर) ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको छ ।

विदेशी मुद्राको सञ्चितिमा दबाब परेको भन्दै राष्ट्र बैंकले २०७८ फागुन १८ मा नीतिगत दर ह्वात्तै बढाएको थियो ।