गृहमन्त्री श्रेष्ठले गरे विमानस्थलको अध्यागमन र भन्सार निरीक्षण

गृहमन्त्री श्रेष्ठले गरे विमानस्थलको अध्यागमन र भन्सार निरीक्षण


बैकिङ्ग समाचार

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितको टोलीले शुक्रबार बिहान विमानस्थलको अध्यागमन र भन्सार निरीक्षण गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट एक क्विन्टल बढी सुन बाहिरिएपछि गृहमन्त्री श्रेष्ठले विमानस्थलको अध्यागमन र भन्सार निरीक्षण गरेका हुन् । 

गृहमन्त्रीसँगै भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेल, राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना, अध्यागमनका विभागका महानिर्देशक झलकराम अधिकारी, प्रहरी महानिरीक्षक वसन्त कुँवरलगायत रहेका छन् ।

विभागले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट १५५ किले सुन बरामद गरेको थियो ।

भन्सार पास भएर बाहिरिन लाग्दा विभागको टोलीले ट्याक्सीसहित दुई जनालाई पक्राउ गरेको थियो । उनीहरूसँगको अनुसन्धानपछि राति नै विभागले थप चार जनालाई पक्राउ गरेको थियो ।