विदेशी मुद्रा दुबई लैजादै गरेका ४ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ

विदेशी मुद्रा दुबई लैजादै गरेका ४ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ


बैंकिङ्ग समाचार, काठमाडौं ।

अवैधरुपमा विदेशी मुद्रा बाह्य मुलुक लैजादै गरेका चार जना व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ का २४ वर्षीय अनिस थापासहित अन्य तीन जना रहेका छन् ।

हिमालयन एयरलाइन्सको उडानबाट विदेशी मुद्रा लिएर यूएईको दुबई जान लागेका थापा बुधबार राति पक्राउ परेका हुन् । उनको साथबाट ४१ हजार ४ सय अमेरिकी डलर, एक लाख १९ हजार ५ सय साउदी रियाल, एक हजार ३ सय ५७ ओमानी रियाल, ३०८ बहराइन दिनार बरामद भएको प्रहरीले जनाएको छ ।

अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा लगेजभित्र प्लाष्टिकले ¥यापिङ गरी चाउचाउको बीचमा विदेशी मुद्रा फेला परेको थियो ।

थप अनुसन्धानका क्रममा तिलोत्तमा –९ कै ३८ वर्षीय दिपेश रानालगायत तीन जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान पार्किङ एरियामा बाग्मती प्रदेश –०१–०२७ च ६२६६ नम्बरको गाडीबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले २ जनाको नाम खुलाएको छैन ।

उनिहरुलाई प्रहरी वृत्त गौशालामा राखी थप अनुसन्धान भइरहेको छ ।