सुन जोख्न राष्ट्र बैंक पठाइयो 

सुन जोख्न राष्ट्र बैंक पठाइयो 


बैंकिङ्ग समाचार, काठमाडौं । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरीसकेपछि बरामद भएको सुन जोख्न राष्ट्र बैंक पठाइएको छ । 

बरामद सुनको परिमाण एकिन नहुदा राजश्व अनुसन्धान विभागले सुन जोख्न बबरमहलस्थित राष्ट्र बैंकको टक्सार महाशाखामा पठाएको हो ।

अनुसन्धानमा संलग्न अधिकारीहरुले सुन करिब एक क्विन्टल हुन सक्ने अनुमान गरेका छन् ।

मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन बुधबार भन्सार जाँच पास गरेर बाहिरिसकेको अवस्थामा सिनामंगलबाट राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।