ठूला पूर्वाधारमा विदेशी लगानी आए मात्र देशको मुहार फेरिने प्रधानमन्त्रीको भनाई 

ठूला पूर्वाधारमा विदेशी लगानी आए मात्र देशको मुहार फेरिने प्रधानमन्त्रीको भनाई 


बैंकिङ्ग समाचार, काठमाडौं । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूला पूर्वाधारमा विदेशी लगानी आए मात्र देशको मुहार फेरिने बताएका छन् ।  बुधबार काठमाडौँमा आयोजित नेपाल इन्जिनियर्स एसोसिएसनको ६१औं वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

उनले बनेका पूर्वाधार नटिक्ने र दुर्लभ स्रोतको सही सदुपयोग नहुने असारे विकासको प्रवृत्तिलाई त्याग्नुपर्ने पनि बताएका छन् । 

उनले विकासमा प्रत्यक्ष संलग्न रहनुभएका इञ्जिनियरहरूले हरेक वर्ष ल्याइने बजेटमा उल्लेख भएका विकास आयोजना समयमै सुरू गरेर समयमा नै निर्धारित बजेटको सीमाभित्र रहेर गुणस्तरीय रूपमा सम्पन्न गर्ने उपायको खोजीको पहल गर्नेमा आफु विश्वस्त रहेको बताए   । 

विकासका लागि सरकारसँग स्रोत कम भएकाले निजी क्षेत्रको लगानी आवश्यक देखिएको पनि उनले बताएका छन्  ।