कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट दिने सरकारको निर्णय

कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट दिने सरकारको निर्णय


बैंकिङ्ग समाचार, काठमाडौं । 

सरकारले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट दिने निर्णय गरेको छ । आज बुधवार बिहान बसेको मन्त्रिपरिषद् बैठकले शुल्क र दस्तुरसम्बन्धी व्यवस्था परिमार्जन गर्ने निर्णय गरेको हो ।

सञ्चार मन्त्री समेत रहेका सरकारका प्रवक्ता रेखा शर्माले पत्रकार सम्मेलन आयोजना गर्दै कम्पनी दर्ता तथा पुँजी वृद्धि दर्ता लाग्ने दस्तुर छुट गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।

बैठकले शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको सन्चालक समिति सदस्यमा सोही अस्पतालका डाक्टर रवि मल्ललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

बैठकले संयुक्त राष्ट्रंघको खानी तथा कृषि संगठनको मुख्यालय इटालीमा आयोजना हुने युनाइटेड नेसन्स फुड सिस्टम समिट २०२३ मा सहभागी हुनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’ लाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको छ ।