काठमाडौं महानगरपालिकाले तोक्यो पार्किङ शुल्क,निजी क्षेत्रका पार्किङहरुले पनिे तोकेभन्दा बढी शुल्क उठाउन नपाउने

काठमाडौं महानगरपालिकाले तोक्यो पार्किङ शुल्क,निजी क्षेत्रका पार्किङहरुले पनिे तोकेभन्दा बढी शुल्क उठाउन नपाउने


बैंकिङ्ग समाचार, काठमाडौं ।  

काठमाडौं महानगरपालिकाले सवारी साधन पार्किङ शुल्क पनि निर्धारण गरेको छ । 

महानगरपालिकाले दुई पाङग्रे सवारी साधनको प्रतिघण्टा २५ रुपैयाँ र चार पाङग्रे सवारी साधनको प्रतिघण्टा ७५ रुपैयाँ पार्किङ शुल्क निर्धारण गरेको छ ।

४ पाङग्रे सवारी साधनले भने आधा घण्टाका लागि ४० रुपैयाँ पार्किङ शुल्क तिर्नुपर्ने हुन्छ । एक घण्टाका लागि ७५ रुपैयाँ तिनुपर्नेछ । त्यो भन्दा बढी समय थप भए हरेक १५ मिनेटमा १५ रुपैयाँ थप हुँदै जाने पनि महानगरपालिकाले जनाएको छ ।

योसँगै , निजी क्षेत्रले सञ्चालन गरेका पार्किङहरुले महानगरले तोकेभन्दा बढी शुल्क उठाउन नपाउने भएका छन् । यसअघि महानगरले टेन्डरमार्फत दिएका पार्किङ क्षेत्रमा लाग्ने शुल्क तोकिए पनि निजी पार्किङका लागि तोकिएको थिएन । 

महानगरपालीकाकी उपमेयर सुनिता डंगोलले आम सेवाग्राहीको गुनासो सुनुवाई गर्न र सवारी साधनको पार्किङ शुल्कमा एकरुपता ल्याउन सो शुल्क निर्धारण गर्नु परेको बताएकी छन् । 

महानगरपालिका मेयर बालेन्द्र शाहले ल्याएको चालु आर्थिक वर्ष ०८०÷०८१ को आर्थिक ऐनमा पार्किङ शुल्क तोकिएको छ । २७ असारको नगरसभाले उक्त ऐन पास गरेको थियो ।