वित्तीय संस्थाहरुसँग ५७ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप, ४८ खर्ब ५५ अर्बमात्रै कर्जा प्रवाह 

वित्तीय संस्थाहरुसँग ५७ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप, ४८ खर्ब ५५ अर्बमात्रै कर्जा प्रवाह 


बैकिङ्ग समाचार,काठमाडौं । 

२०८० असार अन्तिमसम्म सम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाहरुमा ५७ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप रहको छ । योसँगै ४८ खर्ब ५५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । 

नेपाल राष्ट्र बैंकले वित्तीय संस्थालाई कर्जा निक्षेप अनुपात रकमको ९० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था गरिदिएको छ । 

यता, वाणिज्य बैंकसँगै ५० खर्ब ६६ अर्ब रुपैयाँ निक्षेप रहेकोमा उनीहरुले ४२ खर्ब ९४ अर्ब रुपैयाँ लगानी गरेका छन् यो तंथ्याकलाई हेर्दा बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) सहज बन्दै गएकोे देखिन्छ । वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८५ प्रतिशत तल आइपुगेको छ । यसले पनि बैंकहरुको कर्जा लगानी क्षमता ५ प्रतिशत रहेको देखाउँछ ।

आर्थिक वर्ष २०७९÷०८० को सुरुमा ८९ प्रतिशत रहेको सीडी रेसियो सुधार हुँदै ८४.९२ प्रतिशतमा झरेको छ । सीडीमा आएको ५ प्रतिशतको सुधारले लगानी योग्य रकम बढ्दै गएको देखिन्छ ।