वायुसेवा निगमले भुक्तानी गर्यो ८३ करोड ऋण

वायुसेवा निगमले भुक्तानी गर्यो ८३ करोड ऋण


बैंकिङ्ग समाचार,काठमाडौं ।

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषलाई ८३ करोड नौ लाख ५५ हजार दुई सय ८१ रकम भुक्तानी गरेको छ ।

निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजका लागि लिएको ऋण दायित्वको २०८० साल असार महिनाको किस्ताबापत दुई कोषलाई भुक्तानी दिएको हो । यसअघि निगमले २०७९ साल असारदेखि चैतसम्ममा दुई अर्ब ९४ करोड २८ लाख ६५ हजार आठ सय ४४ किस्ता रकम भुक्तानी गरेको थियो ।

व्यापार विस्तार तथा आम्दानीमा विगत वर्षमा भन्दा सुधार हुँदै गएको निगमले उल्लेख गरेको छ । नियमित तथा आकस्मिक रुपमा हुने जहाज मर्मतसम्भार खर्च र प्रशासनिक खर्च ब्यहोरेर नगद प्रवाहमा समेत सुधार गर्दै लगिएको छ । विभिन्न निकायहरुमा रहेका पुराना बक्यौता रकम तिरिएको तथा कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषलाई समेत किस्ता तिर्दै आइरहेको निगमले विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

वर्तमान नेतृत्वले व्यवस्थापन सम्हालेपछि व्यापार विस्तार र आम्दानीमा भन्दा सुधार हुँदै गएको निगमको दाबी छ । नियमित तथा आकस्मिक रुपमा हुने जहाज मर्मतसम्भार खर्च र प्रशासनिक खर्च व्यहोरेर नगद प्रवाहमा समेत सुधार गर्दै लगिएको निगमले जनाएको छ ।