२४ कम्पनीले गरे आस्बा सदस्यता नविकरण

२४ कम्पनीले गरे आस्बा सदस्यता नविकरण


बैंकिङ्ग समाचार,काठमाडौं ।

आर्थिक वर्ष ०८०÷८१ को लागि २४ सदस्यहरूले मात्र आस्वा सदस्यता नविकरण गरेका छन् । 

नेपाल धितोपत्र बोर्डले दिएको जानकारी अनुसार १३ वाणिज्य बैंकहरू समेत २४ कम्पनीहरूले मात्र असार मसान्तसम्म आस्वा सदस्यता नविकरण गरेका हुन् । 

धितोपत्र खरीद सार्वजनिक निष्कासन सम्बन्धि निर्देशिका, २०७३ बमोजिम योग्यता कायम गरेका ५६ आस्बा सदस्यहरूले सेवा प्रदान गर्दै आएका थिए । ती मध्ये आधाभन्दा कमले मात्र सदस्यता नविकरण गराएका हुन् । 

बोर्डका अनुुसार आस्बा सदस्यता लिएका सबै सदस्यहरूले सदस्यता नविकरण पश्चात् मात्र सेवा प्रदान गर्न सक्नेछन् । नकिवरण गर्नेमा बैंकतर्फ नेपाल एसबिआइ बैंक, सिटिजन्स बैंक, नबिल बैंक, माछापुच्छ्रे, प्राइम, प्रभु, एभरेष्ट, कुमारी, सनराइज, सिद्धार्थ, कृषि विकास, ग्लोबल आइएमई, स्ट्याण्डर्ड चार्टर्ड बैंकले सदस्यता नविकरण गराएका हुन् ।

तर, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबि बैंक र सानिमा बैंकले सदस्यता नवीकरण गराएका छैनन् ।

यस्तै, विकास बैंकतर्फ गरिमा विकास बैंक, ज्योति विकास, सांग्रिला डेभलपमेन्ट, कामना सेवा,शाइन रेसुङ्गाले आस्वा सदस्यता नविकरण गरेका छन् ।