पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा

पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा


बैंकिङ्ग समाचार,काठमाडौं । 

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली पूर्णरुपमा कार्यान्वयनमा ल्याएको छ । आइतबार साँझ पत्रकार सम्मेलन गरेर निगमले उक्त प्रणाली कार्यान्वयनमा ल्याएको घोषणा गरेको हो ।

हवाई इन्धनको हकमा भने साबिक बमोजिमकै व्यवस्था रहने निगमले जनाएको छ  । 

निगमले हाल तिर्नुपर्ने ऋण तथा अन्य दायित्व बापतको रकम भुक्तानी गर्न तथा निगमको पूर्वाधार विकास, डिपो तथा अग्नि सुरक्षा संरचनाको मर्मत, आधुनिकीकरण लगायतका अत्यावश्यक कार्यहरूका लागि आवश्यक पर्ने पुँजी सङ्कलनका लागि लागत मूल्यको आधारमा डिजेलमा २ प्रतिशत, पेट्रोलमा २.५ प्रतिशत मात्र नाफा राख्ने जनाएको छ । आम उपभोक्ता र विशेष गरी गृहिणीहरूको हितलाई ध्यानमा राखि खाना पकाउने एलपी ग्यासमा निगमले कुुनै मुनाफा नलिई लागत मूल्य बमोजिम नै खुद्रा मूल्य राख्ने जनाएको छ  । 

जसबाट पेट्रोलियम पदार्थका आम उपभोक्ताहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने निगमको विश्वास छ ।