बैंकिङ्ग कसुरमा लुम्बिनी प्रदेशका पूर्वमन्त्री यादव पक्राउ

बैंकिङ्ग कसुरमा लुम्बिनी प्रदेशका पूर्वमन्त्री यादव पक्राउ


बैंकिङ्ग  समाचार,काठमाडौं । 

लुम्बिनी प्रदेशका पूर्वमन्त्री विजयबहादुर यादव बैंकिङ्ग  कसुरमा पक्राउ परेका छन् । नेकपा एमालेका नेता रहेका यादव चेक बाउन्स आरोपमा पक्राउ परेका हुन् ।

रुपन्देहीको सियारी गाउँपालिका–१ का उमाशंकर यादवका नाममा मन्त्री यादवले माघ १० मा दिएको १२ लाख २८ हजार रुपैयाँको बैंक अफ काठमाडौंको चेक बाउन्स भएको थियो । चेक बाउन्सको मुद्दा दर्ता भएपछि यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

रुपन्देही प्रहरीले बाँकेको डुडुवा गाउँपालिका होलियाबाट यादवलाई हिजो नियन्त्रणमा लिएको हो ।