घोराही सिमेन्टको आईपीओ बाँडफाँट, आवेदन दिएका सबै लगानीकर्ताले पाए सेयर

घोराही सिमेन्टको आईपीओ बाँडफाँट, आवेदन दिएका सबै लगानीकर्ताले पाए सेयर


बैंकिङ्ग समाचार, काठमाडौं ।

घोराही सिमेन्टको आईपीओ आइतबार बाँडफाँट भएको छ । रितपूर्वक आवेदन दिएका सबै ५ लाख ५७ हजार ७०१ जना लगानीकर्ताले घोराहीको सेयर पाएका छन् । १० कित्तादेखि ७० कित्तासम्म आवेदन दिएका ५ लाख ५३ हजार ४४ जनाले मागअनुसार सेयर पाएका छन् । यसैगरी ८० कित्तादेखि ३० हजार कित्तासम्म आवेदन दिएका ४ हजार ६ सय ५७ जनालाई ७० कित्ताका दरले सेयर वित्तरण गरिएको छ ।

बाँडफाँट गरेर बाँकी रहेको ६ हजार ९ सय १० कित्ता सेयर गोलाप्रथाद्धारा बाँडफाँट गरिएको छ । जसअनुसार ८० कित्तामाथि आवेदन दिएका ४ हजार ६ सय ५७ जना मध्येबाट ६ सय ९१ जनालाई १० कित्ताका दरले थप सेयर दिइएको छ । उनिहरुको भागमा ८० कित्तासम्म सेयर परेको छ ।

आईपीओ बाँडफाँटको नतिजा बिक्रि प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ र हिमालयन क्यापिटल तथा निष्कासनकर्ता कम्पनी घोराही सिमेन्टको वेबसाइटबाट हेर्न सक्नेछन् । यस्तै, मेरोसेयर एप र सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट बाट हेर्न सकिन्छ ।