सहकारीकर्मीका माग पूरा गर्न सांसद शर्माको आग्रह

सहकारीकर्मीका माग पूरा गर्न सांसद शर्माको आग्रह


बैंकिङ्ग समाचार, काठमाडौं । 

नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले सहकारीकर्मीका माग पूरा गर्न आग्रह गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा शर्माले केही सहकारीको कमजोरीले अन्य सहकारी पनि आलोचित हुनुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
आन्दोलनमा रहेका सहकारीकर्मीसँग संवाद गरेर माग पूरा गर्न उनले सरकारसँग आग्रह गरेका छन् ।

उनले हरेक तीन वर्षमा बढाउनुपर्ने श्रमिकको न्यूनतम ज्याला तोक्न आग्रह गरे ।