ऋणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सरकार सचेत रहेको अर्थमन्त्री महतको भनाई 

ऋणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सरकार सचेत रहेको अर्थमन्त्री महतको भनाई 


बैंकिङ समाचार काठमाडौं । 

अर्थमन्त्री डा. प्रकाशशरण महतले ऋणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने कुरामा सरकार सचेत रहेको बताएका छन् । 

शुक्रबार राष्ट्रिय सभा बैठकमा राष्ट्र ऋण उठाउने विधेयकको दफावार छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।

ऋण लिएर कहाँ खर्च गर्ने र प्रतिफल कसरी सुनिश्चित गर्ने भन्नेमा सरकार गम्भिर रहेको उनको भनाइ छ । उनले आवश्यकताको आधारमा ऋण लिनुपर्ने बताउदै उत्पादन वृद्धि र पुँजि निर्माणमा सघाउनेगरी ऋण लिनुपर्नेमा जोड दिएका छन्  ।

राष्ट्रिय सभा बैठकले आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० बहुमतले पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाएको छ । राष्ट्रिय सभाको अर्को बैठक २०८० साउन १ गते सोमवार दिनको १ः०१ बजे बस्नेगरी बोलाइएको छ ।