निर्माण व्यवसायीले मागे अर्थमन्त्रीको राजीनामा

निर्माण व्यवसायीले मागे अर्थमन्त्रीको राजीनामा


बैंकिङ्ग समाचार, काठमाडौं । 

शुक्रबार काठमाडौंको माइतीघर मण्डालमा भेला भइ निर्माण व्यवसायीहरूले अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग समेत गरेका छन् । उनीहरूले निर्माण व्यवसायीहरूले गरेको कामको भुक्तानी अर्थमन्त्रीले नदिने भनेको भन्दै अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताए । 

सरकारले काम सम्पन्न भएका आयोजनाको ५० अर्ब भुक्तानी नगरेको भन्दै निर्माण व्यवसायी आन्दोलित भएका छन् । निर्माण व्यवसायीले आज माइतीघर मण्डलामा धर्ना दिएर तत्काल भुक्तानीका लागि दबाब दिन लागेका हुन् । 

 सरकारले भुक्तानी नदिँदा बैंकले निर्माण व्यवसायीलाई कालोसूचीमा राखेको, मजदुरलाई पारिश्रमिक दिन नसकेको लगायतका समस्या झेल्नुपरिरहेको भन्दै सरकारले भुक्तानी गर्न नसके तत्काल यस्ता आयोजनाहरू खारेज गर्नुपर्ने  व्यवसायीहरूको माग समेत रहेको छ। 

व्यवसायीहरूले माइलस्टोनको व्यवस्था तुरुन्त खारेज गर्, मूल्य समायोजन तुरुन्त कार्यान्व्यन गर्, असार मसान्तमा निर्माण कार्यको बाँकी रकम तुरुन्त भुक्तानी गर्, निर्माण कार्यको म्याद थप गर्, व्यवसायीले आत्मदाह गर्ने क्रम बन्द गराउ लगायतका प्लेकार्ड बोकेर विरोध जनाएका थिए ।