काठमाडौं – विषम घडीमा आम समुदायले जसरी प्रहरीलाई कार्यालयमा फकाउने अभियान सुरु गरे त्यसले आफूलाई गौरव बोध गराएको प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङले बताएका छन् । उनले देशले अकल्पनीय क्षति व्याेहाेरेकाे अवस्थामा नेपाल प्रहरी अत्यधिक प्रभावित भएको बताए ।
प्रहरी कार्यालयहरू जलेर ध्वस्त भएका उनले बताए । सवारी साधन, प्रहरीको पोसाक लगायतको अन्य धेरै सामाग्रीहरू जल्नुका साथै हराएका छन् उनले भने । जसका कारण नियमित काममा फर्कन प्रहरी अधिकृतहरूलाई कठिन परेको उनी बताउँछन् ।
उनका अनुसार प्रहरीलाई विस्थापित गराउन खोज्ने व्यक्ति आपराधिक पात्र हुन् । फुटेका सिसा जलेका सामाग्री र भत्किएका पर्खालहरू हटाउन गाह्रो नमानी स्वतर्फ रूपमा सर्वसाधारणले योगदान गरेको उनी बताउँछन् । प्रहरी हाम्रा लागि हो भावना समाजमा पुनः जागृत गराउने उद्देश्यले सर्वसाधारण जसरी खटिएका छन्, त्यसप्रति उनले मनबाटै नमन प्रकट गरेका छन् ।
साथै, उनले सहयोग र सद्भावको निरन्तरता अपेक्षा समेत गरेको बताएका छन् । यस क्षणमा पूर्व प्रहरी अग्रजहरू, स्थानीय नागरिक, टोल सुधार समिति, स्थानीय तह, उद्योगी व्यवसायीहरू, सञ्चारकर्मीलगायतका सबै क्षेत्रबाट नेपाल प्रहरीलाई रचनात्मक सहयोग हुने अपेक्षा रहेको उनी बताउँछन् ।





About Us
प्रतिक्रिया