सेयर धितोकर्जा ७.२ प्रतिशतले घट्यो 

सेयर धितोकर्जा ७.२ प्रतिशतले घट्यो 


बैकिङ्ग समाचार, काठमाडौं । 

केन्द्रीय बैंकले चालू आर्थिक वर्षको ११ महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गरेको छ । सार्वजनिक गरेको उक्त रिपोर्ट अनुसार सेयर बजारमा बैक तथा वित्तीय संस्थाले दिने सेयर धितोकर्जा ७.२ प्रतिशतले घटेको छ । 

११ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाबाट यो अवधिमा बैंकबाट धितोमा जाने कर्जा ७.२ प्रतिशतले घटेको छ ।

जेठ मसान्तसम्म सेयर धितोमा ७४ अर्ब ६९ करोड ९३ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।  गत असार मसान्तमा ८० अर्ब ५० करोड ७८ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो । यो अवधिमा ७.२ प्रतिशतले घटेको छ ।

राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म ५० लाख देखि १ करोडसम्म जाने कर्जा बढेको छ भने बाँकी कर्जा घटेको छ । केन्द्रीय बैंकका अनुसार १ करोड भन्दा बढीको कर्जा ६.५ प्रतिशतले घटेर ४३ अर्ब ५६ करोड ८१ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । असार मसान्तमा ४६ करोड ५७ लाख ५४ हजार रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

यस्तै २५ देखि ५० लाख रुपैयाँसम्म सेयर धितोमा जाने कर्जा १७.३ प्रतिशतले घटेर १२ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । गत असार मसान्तमा १५ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो ।
केन्द्रीय बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाबाट २५ लाख भन्दा कम कर्जा १२.३ प्रतिशतले घटेर ७ अर्ब १६ करोड ४३ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । जुन गत असार मसान्तमा ८ अर्ब १७ करोड १४ लाख रुपैयाँ कर्जा सेयर धितोमा प्रवाह भएको थियो ।

सेयर धितोमा ५० लाखदेखि १ करोड रुपैयाँसम्म जाने कर्जा ८ प्रतिशतले बढेर ११ अर्ब ४० करोड ४२ लाख रुपैयाँ पुगेको छ ।