एघार महिनामा राष्ट्र बैंकले गर्यो साढे ५२ खर्ब बढी तरलता प्रवाह

एघार महिनामा राष्ट्र बैंकले गर्यो साढे ५२ खर्ब बढी तरलता प्रवाह


बैंकिङ्ग समाचार, काठमाडौं ।

राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष २०७९÷८० को ११ महिनामा नेपाल राष्ट्र बैंकले साढे ५२ खर्बभन्दा बढी तरलता प्रवाह गरेको छ । 

गत जेठ मसान्तसम्ममा रिपोमार्फत ४ खर्ब १४ अर्ब ४७ करोड, सोझै खरिद बोलकबोलमार्फत् ८९ अर्ब ७० करोड, स्थायी तरलता सुविधामार्फत  २७ खर्ब २७ अर्ब ११ करोड र ओभरनाइट तरलता सुविधा २० खर्ब २१ अर्ब ८७ करोड गरी कुल ५२ खर्ब ५३ अर्ब १६ करोड तरलता प्रवाह गरिएको हो ।

यो कारोबारमा आधारित तरलता प्रवाहको तथ्याङ्क हो । गत आर्थिक वर्षको सोही अवधिमा विभिन्न उपकरणहरुमार्फत राष्ट्र बैंकले ८५ खर्ब २२ अर्ब १० करोड तरलता प्रवाह गरेको थियो ।